शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतकी कोन्टा भ्याण्डवेसँग स्तब्ध

शुक्रबार, ०९ असार २०७४, १४ : ०७
शुक्रबार, ०९ असार २०७४

लण्डन – अमेरिकाकी कोको भ्याण्डवेले एगन टेनिस च्याम्पियनसीपको दोस्रो चरणमा ब्रिटेनकी जोहान्ना कोन्टालाई पराजित गर्न सफल भएकी छिन् । 


बर्मिङहाममा भएको खेलमा विश्व नम्बर ३० भ्याण्डवेले सर्वाधिक वरियता रहेकी कोन्टालाई ६४ मिनेटमा ६–१ र ६–३ को सोझो सेटमा हराउन सफल भएकी हुन् । 


पहिलो सेटको २४ मिनेटमा ११ अंक मात्र हासिल गरेकी विश्व नम्बर ७ कोन्टा भ्याण्डवेले देखाएको उत्कृष्ट प्रदर्शनले गर्दा हारको स्वाद चाख्न बाध्य भइन् । 


विम्वलडन टेनिस च्याम्पियनसीपमा भाग लिनु अघि भने कोन्टाले ईष्टबर्न टेनिश च्याम्पियनसीपको लागी प्रतिस्पर्धा गर्ने छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप