शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना सङ्क्रमित होम आइसोलेसनमै

सोमबार, ३१ जेठ २०७८, १३ : २८
सोमबार, ३१ जेठ २०७८

आइसियू र भेन्टिलेटरको व्यवस्था नहुँदा जिल्लाका कोरोना सङ्क्रमितले उपचार अभावमा ज्यान गुमाउनु परेको छ । कोरोना सङ्क्रमण देखिएर उपचारका लागि अस्पताल भर्ना भएका बिरामीले उपचार अभावमा ज्यान गुमाउनुपरेको छ ।

कोरोना सङ्क्रमण र कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी उपचारका लागि अस्पतालमा भर्ना भएका भए पनि आवश्यक भौतिक संरचना र भौतिक साधनको अभावमा उपचार नपाएका हुन् । स्वास्थ्य अवस्था खराब हुन थालेपछि अस्पतालले भेन्टिलेटर भएको अस्पतालमा लैजान सुझाव दिने गरेको छ । 

जिल्लामा कोरोना सङ्क्रमणको लक्षण देखिएका र सङ्क्रमणको आशङ्का गरिएका पनि होम आइसोलेशनमा रहेका छन् । आइसियु र भेन्टिलेटरको व्यवस्थापन भए गम्भीर बिरामीलाई जोगाउन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सञ्जीव सिंहले बताए । उनले सङ्क्रमित अन्तिम अवस्थामा अस्पताल आउने गरेका सुनाए ।

जिल्ला अस्पतालमा ५० श्ययाको कोरोना अस्पताल निर्माण गरिए पनि कोरोना सङ्क्रमित जाँदैनन् । जिल्लाका अधिकांश कोरोना सङ्क्रमित होम आइसोलेशनमा बसिरहेका बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप