शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा अर्को भाइरस भेटियो : के हो मन्कीपक्स ? कस्तो हुन्छ र यो कति खतरनाक ?

सोमबार, ३१ जेठ २०७८, १६ : ५०
सोमबार, ३१ जेठ २०७८

संसार यतिबेला कोरोना भाइरसको संक्रमणले आक्रान्त छ । यो जटिल अवस्थामा बेलायतमा अर्को एउटा नयाँ भाइरस भेटिएको छ । भाइरसको नाम हो मंकीपक्स । बेलायतको नर्थ वेल्समा एकै परिवारका दुई सदस्यमा मंकीपक्सको पुष्टि भएको छ ।

अधिकारीका अनुसार सर्वसाधारणमा यसको जोखिमको खतरा कम छ । स्वास्थ्य अधिकारीले यो भाइरस विदेशबाट बेलायत भित्रिएको पनि दाबी गरेका छन् ।

बेलायतको न्यूज वेबसाइट द वीकको रिपोर्ट अनुसार पब्लिक हेल्थ वेल्सले दुबैजना बेलायत बाहिरबाट संक्रमित भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि, यसबारे जानकारी प्राप्त भएपछि कन्ट्याक्ट ट्रेसिङ सुरु भएको छ ।

के हो मंकीपक्स ?

डब्ल्यूएचओ अनुसार मंकीपक्स जनावरबाट मानिसमा फैलने एक संक्रामक रोग हो । यो रोग धेरैजसो मध्य र पश्चिमी अफ्रिकी देशमा फैलन्छ र यहाँबाटै अन्य भागमा पनि फैलिएको पाइएको छ । यो रोग संक्रमित जनावरसँग सिधा सम्पर्कमा आएपछि फैलन सक्छ । यो रोग लाग्दा बिफरको जस्तै लक्षण देखिन्छ । यो रोग लागेपछि ज्वरो आउने, टाउको दुख्ने, कम्मर दुख्ने, मांसपेशी दुख्ने र कमजोरी हुनेलगायतका लक्षण देखिन्छन् ।

कसरी थाहा पाउने कि तपाईं संक्रमित हुनुहुन्छ ?

यूकेको नेशनल हेल्थ सर्भिसका अनुसार पहिलो पाँच दिनमा शरीरमा बिमिरा आउन थाल्छ । सुरुवातमा यो बिमिरा अनुहारमा आउँछन् र त्यसपछि बिस्तारै पूरा शरीरमा फैलन्छ । त्यसपछि यो बिमिरा रातो रङको हुने गर्दछ । अन्त्यमा यो बिमिरामा पाप्रा लाग्ने गर्छन् ।

कति खतरनाक हो यो रोग ?

डब्ल्यूएचओका अनुसार यो रोगमा मृत्युदर ११ प्रतिशतसम्म पुग्नसक्छ । यद्यपि, राम्रो कुरा यो हो कि यो बिमिराबाट बचाउने भ्याक्सिन भ्याक्सिनिया मंकीपक्सविरुद्ध पनि असरदार छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) का अनुसार बिमिराविरुद्ध तयार भएको सिडोफोवीर, एसटी–२४६ र भ्याक्सिनिया डम्यूनि ग्लोबुलिन (भीआइजी) मंकीपक्समा पनि असरदार छ ।

सन् १९७० मा फैलिएको थियो यो रोगः

मंकीपक्स भाइरसको पहिचान सबैभन्दा पहिला सन् १९७० मा अफ्रिकी देश कंगोमा भएको थियो । त्यसपछि सन् २००३ मा यो रोग अमेरिकासमेत संसारभरीका थुप्रै देशमा फैलिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप