शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा मोटरसाईकल चोरी

बिहीबार, ०२ कात्तिक २०७४, १६ : ५२
बिहीबार, ०२ कात्तिक २०७४

चितवन - चितवनमा डेढ महिनाको अवधिमा ३२ वटा चोरीका मोटरसाईकल नियन्त्रणमा लिइएको छ । 

जिल्ला प्रहरी कार्यालय, चितवनले विशेष अभियाननै संचालन गरेपछि डेढ महिनायता मात्रै ३२ वटा चोरीका मोटरसाईकल नियन्त्रणमा लिइएको हो । मोटरसाईकलसँगै ५ जनालाई पनि पक्राउ गरी आवश्यक कार्वाही प्रक्रिया सुरु गरिएको छ । काठमाडौं र हेटौडाबाट चोरी भएका मोटरसाईकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए ।

चोरी भएका मोटरसाईकल जिल्ला प्रहरी कार्यालय, चितवन परिसरमै राखिएको छ । चोरी गर्नेहरुले मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी विक्री गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख गरिएको छ । चितवनमा भने मोटरसाईकल चोरीको घटना हालसम्म नभएको प्रहरी उपरीक्षक थापाको दावी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप