थाई राजकुमारी नेपाल आउँदै
बिन्दु कुमार चौहान
लुम्बिनी— थाई राजकुमारी तीर्थ यात्राका लागि पहिलो पटक बुद्ध जन्म स्थल लुम्बिनी आउन लागेकी छन् ।
थाई राजकुमारी र्डोन शुक्रवार बिहान ९ बजेर १५ मिनेटमा गौतम बुद्ध िबमान स्थलमा अवतरण गर्ने कार्यक्रम तय भएको छ ।
थाई राजकुमारी लुम्बिनी आगमन पश्चात राजकीय थाई बौद्धबिहारको समउघाटन तथा मायादेबी मन्दिर अवलोकन समेत गर्ने थाई बौद्धबिहारका प्रमुख ब्यवस्थापक राजन क्षेत्रीले बताए ।
उनले राजकुमारी र्डोनको साथमा करीब एक हजार आठसय थाईबौद्ध उपासक उपासिकाहरु द्वारा थाई परम्परा अनुसार बुद्धपूजा गरिने कार्यक्रम रहेको क्षेत्रीको भनाई छ ।
थाई राजकुमारीको सुरक्षार्थ बिहीवार बिहानै सात बजे देखि भैरहवा देखि लुम्बिनी सम्म सातवटा सुरक्षा दस्ता मार्फत कडा सुरक्षा दिनका लागि आवश्यक तयारी पूरा भएको रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी