मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

यसवर्षको तिहारमा सुनचाँदीको कारोबार घट्यो

बिहीबार, ०२ कात्तिक २०७४, १८ : ४८
बिहीबार, ०२ कात्तिक २०७४

काठमाडौं—यस वर्ष तिहारमा सुनचाँदीको कारोबार घटेको छ । 

व्यवसायीहरुका अनुसार विहिबार लक्ष्मी पूजाको दिनसम्म गत वर्षको तुलनामा यस वर्ष सुनचाँदीको व्यापार घटेको हो ।
 ढिका सुनको अभाव भएका कारण पनि सुनको कारोबार घटन गएको न्यूरोड विशाल बजारका व्यवसायी निर्मलकृष्ण श्रेष्ठले जानकारी दिए । 
 तिहारमा ढिक्का सुनको कारोबार हुने गर्दछ । तर बजारमा त्यसको अभाव भएकाले पनि सुनको कारोबार घटना गएको हो । सबै सुन गहना बनाएपछि सुनको ढिक्का अभाव हुन गई कारोबार कम हुन गएको व्यवसायी श्रेष्ठले पनि बताए । 

व्यवसायीहरुले गत वर्षभन्दा यस वर्ष सुनचाँदीको कारोबार घटन गएको पनि स्पष्ट पारेका छन । सुनको मूल्य बढेका कारण पनि यस वर्ष यसको कारोबारमा कमी आएको उनीहरुको भनाई छ ।

यो साता प्रतितोला सुनको मूल्य ५६ हजार ५ सय रहेको छ । गत वर्ष सुनको मूल्य करिव ५२ हजार प्रतितोला थियो । सुनको मूल्य र सुन पसलको संख्या बढन जाँदा यसको कारोबार बढन नसकेको व्यवसायीहरुको भनाई छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप