मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

दीपावलीको साँझ यस्तो देखियो उपत्यकाको  झिलिमिलि, २३ तस्बिरमा हेर्नुहोस्

बिहीबार, ०२ कात्तिक २०७४, २० : ४५
बिहीबार, ०२ कात्तिक २०७४

काठमाडौं— आज लक्ष्मीपूजा अर्थात  दीपवली । आजको दिन सफा सुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । 


आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङ लगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।


लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । 

लक्ष्मी पूजाका लागि आज साँझ आँगन देखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलै पिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । 

लक्ष्मी पूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन रहिआएको छ । 

आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

आज साँझ युवती समूह बनाई घरघरमा भैलो पनि खेलिन्छ । 


 उज्यालको पर्व मानिने तिहार अन्तरगत आज घरघरमा दीपालवी मनाइँदै गर्दा राजधानी पूरै झिलिमिलि बनेको छ । 
नेपाल विद्युत प्राधिकरणले अत्याधिक विद्युत माग भएपनि आज रातभर लोडसेडिङ नहुने बताएको छ ।  


विगतका वर्षहरुमा लोडसेडिङ हुने गरेपनि गतवर्ष नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको आगावन भएसँगै लोेडसेडिङ  खासै हुने गरेको छैन । 
लोडसेडिङमुक्त उपत्यका पूरै दीपालवीले झिलिमिलि भएको छ । 

यसैबीच  घिसिङ दीपावलीको रात लोडसेडिङ हुन नदिन आफैं फिल्डमा सक्रिय भएको बताइएको छ । 

राससबाट थप 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप