मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

जंगली हात्तीको बथान कञ्चनपुरको बस्तीमा, गगनसिंहको घर भत्कायो

शुक्रबार, ०३ कात्तिक २०७४, ०७ : ०९
शुक्रबार, ०३ कात्तिक २०७४

कञ्चनपुर - जंगली हात्तीको बथानले बुधबार राति कञ्चनपुरको बेलडाँडी गाउँपालिका– १ का गगनसिंह महरा र मनबहादुर ओखेडाको घर भत्काएको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीको बथानले दुवैजनाको घर भत्काउनुका साथै घरभित्र राखेको सबै अन्न खाइदिएपछि उनीहरु बिचल्लीमा परेका छन् । 

हात्तीले घर भत्काउन थालेपछि भागेर ज्यान जोगाउनु परेको पीडित परिवारले बताएका छन् । तिहारकै बेला हात्तीको बथानले अन्न सबै खाइदिँदा र लगाउने, ओढ्ने बिछ्याउने कपडासमेत च्यात्चुत पारेपछि पीडित परिवार छिमेकीको शरणमा पुगेका छन् । 

दुवै परिवारको आर्थिक अवस्था दयनीय भएकाले छिमेकीले अन्न र आर्थिक सहयोग जुटाउनका लागि पहल थालेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप