शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीजका गीत मौलिक बनाउन आग्रह

बुधबार, ०२ असार २०७८, १५ : ०६
बुधबार, ०२ असार २०७८

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले तीजका लागि लक्षित गरेर ल्याइने तीज गीतमा मौलिकता समेट्न आग्रह गरेको छ । पछिल्लो समय तीज गीतका नाममा जथाभावी शब्द प्रयोग गरेर अपाच्य खालका गीत बजारमा ल्याउनाले विकृति, विसङ्गति बढेको भन्दै प्रतिष्ठानले यस्तो आग्रह गरेको हो ।

प्रतिष्ठानले अध्यक्ष रमेश बिजी, महासचिव सुवास केसी र विकृति, विसङ्गति न्यूनीकरण कार्यदलका संयोजक शिव हमालको संयुक्त हस्ताक्षर रहेको एक अपीलमा भनिएको छ ‘तीज गीतको नाममा विकृति बिसङ्गति भित्रिएको भनेर बर्षेनी धेरै गुनासो आउने गरेकोले प्रतिष्ठानले यस्ता गीतमा यो वर्ष विषेश ध्यान दिएको छ ।’

प्रतिष्ठानले श्रष्ठा, सर्जक, गायक, गायिका लगायत सबैलाई सामाजिक मर्यादामा खलल पुर्याउने, अपाच्य शब्द, सामाग्री प्रयोग गरेर संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्न अनुरोध समेत अपीलमा गरेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप