बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष ओलीद्वारा नेपाल संवतको शुभकामना

शुक्रबार, ०३ कात्तिक २०७४, १० : ४९
शुक्रबार, ०३ कात्तिक २०७४

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत्को नयाँ वर्ष ११३८ का अवसरमा स्वेदश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । 

आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले नेपाल संवत् नेपालीको मौलिक पहिचान बोकेको पर्व रहेको उल्लेख गर्नुभएको छ । “नेपाल एउटा मौलिक संस्कृति र पहिचान भएको देश हो । नेपाल संवत् नेपालको मौलिक संवत् हो”– उनले भनेका छन् , “नेपाल संवत्को यो नयाँ वर्ष मनाइरहँदा यसका प्रणेता शंखधर साख्वालाई पनि म स्मरण गर्न चाहन्छु ।” 

शुभकामना सन्देशमा भनिएको छ, “नेपाली संस्कृतिका धनी छौँ । यो देशमा बसोबास गर्ने १२५ जाति र यहाँ बोलिने १२३ भाषा नेपालीका निधि हुन् । नेपालमा बस्ने सबै जाति र सम्प्रदायको संरक्षण गर्ने दायित्व सरकारको हो ।” 

अध्यक्ष ओलीले सन्देशमा आगामी मंसिर १० र २१ गते हुने संघ र प्रदेशको निर्वाचनमा सबै जाति, संस्कृति र सम्प्रदायको हितमा काम गर्नसक्ने जनप्रतिनिधि छान्ने विवेक सबैले पु¥याउनुहुनेछ भन्ने विश्वास आफूले लिएको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप