शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनता समाजवादी पार्टीका उदयपुर जिल्ला सदस्य पेस्तोलसहित पक्राउ

बिहीबार, ०३ असार २०७८, २० : ००
बिहीबार, ०३ असार २०७८

जनता समाजवादी पार्टीका उदयपुर जिल्ला समिति सदस्यलाई प्रहरीले पेस्तोल सहित पक्राउ गरेको छ । जसपाका जिल्ला सदस्य प्रशुराम चौधरीलाई ‘मेड इन युएसए’ लेखिएको अटोमेटिक पेस्तोल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता (डिएसपी) बेद प्रसाद गौतमले रातोपाटीलाई बताए ।

चौधरीले पत्नी श्याम कुमारी चौधरीको घरमा लुकाएर राखेको अवस्थामा सो पेस्तोल र ५ राउण्ड गोली प्रहरीले बरामद गरेको हो ।  छोरी र सप्तरीको सुरुङ्गा नगरपालिका–८ घर भएका २३ वर्षीय बबि चौधरी बिचमा प्रेम सम्बन्ध रहेको र प्रशुरामले छोरीको प्रेमीलाई फसाउन पेस्तोल ल्याएर राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । 

प्रशुराम युद्धकालमा माओवादी लडाकु हुन् । शान्ति प्रक्रिया शुरु भएसँगै उनि माओवादी केन्द्रको जिल्ला कमिटी सदस्यको रुपमा कार्यरत थिए । ०७७ माघबाट उनी जसपामा लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप