शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेपत्ता भनिएका ७ जना सकुशल फेला

शुक्रबार, ०४ असार २०७८, १२ : ४६
शुक्रबार, ०४ असार २०७८

भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता सात जना भेटिएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीले उनीहरुलाई भेटाएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए​ । 

मङ्गलबारदेखि हराइरहेका  कुशे गाउँपालिका-८  औलरिजाका दिलबहादुर खड्का, विक्रम खड्का, चन्द्रा खड्का, भविन्द्र खड्का, मीम खड्का, धनसरा खड्का र  वडा नं ९ का कृष्ण रोकाया आज बिहान मात्र भेटिएको प्रनाउ थापाले बताए । खाना नखाएका र चिसोका कारण कमजोर अवस्थामा भेटिएका उनीहरुलाई प्राथमिक उपचार गरी अहिले खाना खुवाउने काम भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप