लघुकथा : कागज
खुट्टामा गोलीका छर्रा अझै बाँकी छन् । राति निदाउन सक्दैन । कहिले त असह्य पीडा हुन्छ । कहिले निद्रामा बडबडाउँछ त कहिले निद्रामै डराएर सिरकमा गुटुमुटु पर्छ ।
३१ वर्षे विनोद २०६३ साल बैशाख ३ गते आन्दोलनका क्रममा घाइते भएको जिउँदो शहीद । उसलाई चार/पाँच दिनदेखि अलि बढी नै सारो भएको छ । खुट्टा सुन्निएको छ, असाध्यै दुख्छ ।
अस्पताल सम्म जाने चाँजो मिलेको छैन । कोभिडको निहुँमा अस्पतालले बिरामीलाई सहज उपचार गरिरहेका छैनन् । ऊ थला परेको यतिका दिन हुँदा पनि उसले उपचार पाएको छैन ।
विनोदका बाबु पनि बाथले हिँडडुल गर्न सक्दैनन् । एउटी आमाले के के मात्र गर्ने ? हिँडडुल गर्न निषेधाज्ञा छ, त्यति सहज छैन । अस्पतालसम्म जान गाडी पनि चलेका छैनन् । छोराको अवस्थाबाट आमा अत्यन्तै चिन्तित छिन् । अस्पताल जान नसके पनि आज विनोदलाई औषधी ल्याउने विचारमा छिन् ।
त्यत्रो राजनैतिक परिवर्तनका लागि गोली खाएको युवा औषधीको गोली नपाएर छटपटाइरहेको छ । त्यही परिवर्तनबाट सत्तामा पुगेकाहरू सत्ताको खेलमा रमाइरहेका छन्, योद्धालाई बिर्सेर ।
आमाले नजिकैको औषधी पसलबाट नदुख्ने औषधी ल्याएर दिइन् । विनोदले पोको पारेको कागजबाट औषधी झिक्यो, हत्केलामा राख्यो । निहुरेर टेबलबाट गिलास उठाउन खोज्यो । अघि औषधी पोको पारेर ल्याएको कागज भुइँमा थियो ।
कागजमा लेखिएको देखियो– गणतन्त्र नेपालको संविधान २०७२ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान
-
गण्डकीको अर्थमन्त्री चुमान, दीपक मनाङे फेरि भौतिकमै
-
५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने