मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मापदण्डविपरीत व्यवसाय सञ्चालन गर्ने तीन प्रतिष्ठानलाई कारबाही

शुक्रबार, ०४ असार २०७८, १८ : ५०
शुक्रबार, ०४ असार २०७८

रुपन्देहीमा मापदण्डविपरीत व्यवसाय सञ्चालन गर्ने तीन प्रतिष्ठानलाई आज जिल्ला प्रशासन कार्यालयले जरिवाना  गरेको छ । जिल्ला अनुगमन समितिको नेतृत्वमा आज  भैरहवामा भएको अनुगमनको क्रममा मापदण्डविपरीत व्यवसाय सञ्चालन गर्ने रुपन्देहीका तीन व्यवसायिक प्रतिष्ठानलाई जरिवाना गरिएको हो ।

कार्यालयका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ मा रहेको आरके एग्रो इण्डष्ट्रिजलाई ५० हजार, वडा नम्बर ६ मा रहेको निमा किराना पसललाई ५ हजार र वडानम्बर ४ कै अम्बे इन्टरनेशनललाई २० हजार जरिवाना गरिएको छ  । अनुगमनका क्रममा भ्याट बिल काट्नुपर्नेमा इष्टिमेट विल काटेको, लेबलिङ, मूल्य सूची, खरिदबिक्री दरमा एक रुपमा नभएको पाइएपछि कारबाही स्वरुप जरिवाना गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

बिहीबार पनि अनुगमनका क्रममा बुटवलको स्मृति ट्रेडर्स र पड्सरीको शिवजी सब्जी भण्डारलाई २०÷२० हजार रुपैयाँ जरिवाना गरिएको थियो । बाणिज्य कार्यालय प्रमुख टेकराज भट्टराईले उपभोक्तालाई ठग्ने, ऐन–नियम उलंघन गर्नेलाई कानूनी दायरामा ल्याइने बताए । जरिवाना गरिएका फर्मलाई ७ दिनभित्र जरिवाना रकम दाखिला गर्न अनुगमन समितिले निर्देशन समेत दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप