बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकका ग्राहकलाई दराजमा कार्ड मार्फत भुक्तानी गर्दा १५% सम्मको छुट

शुक्रबार, ०४ असार २०७८, २१ : ४६
शुक्रबार, ०४ असार २०७८

काठमाडौं । दराजले ‘बैंक डे अफर’ का लागि माछापुच्छ्रे बैंकसँग साझेदारी गरेको छ । एस साझेदारी पश्चात माछापुच्छ्रे बैंकको कार्ड मार्फत पेमेन्ट गरे बापत ग्राहकहरुले १५% वा अधिकतम ५०० सम्मको छुट पाउने छन् ।

माछापुच्छ्रे बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले असार ३ देखि दराजमा सामान खरिद गरि कार्ड मार्फत पेमेन्ट गरे बापत १५% सम्मको छुट पाउन सक्नेछन् । माछापुच्छ्रे बैंकका कार्ड प्रयोगकर्ताले हरेक बिहीबार दराज एप मार्फत यो छुट प्राप्त गर्न सक्नेछन् ।   

माछापुच्छ्रे बैंकको डेबिट कार्ड भुक्तानीमा १०% अथवा अधिकतम ५०० सम्मको छुट र क्रेडिट कार्ड भुक्तानमा १५% वा अधिकतम ५०० सम्मको छुट पाउन सक्नेछन् । छुट उपभोग गर्नको लागी आफ्नो कार्डमा ई कमर्स एक्टिभ गर्न सक्नेछन् ।   

ग्राहकहरूले अब माछापुच्छ्रे बैंकको क्रेडिट कार्डको लागि पनि आवेदन दिन सक्ने र क्रेडिट कार्ड भुक्तानमा अधिक छुट पाउन सकिन्छ ।  साथै माछापुच्छ्रे बैंकले दराजसँगको साझेदारीमा ०% ईएमआई  सुबिधा पनि ल्याएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप