पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
शनिबार, ०५ असार २०७८, २२ : ०५
लगातारको वर्षाले सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सुर्नया गाउँपालिका–३ धरमघर नजिकै पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए ।
शनिबार खसेको पहिरोबाट राजमार्ग अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनले भने, “अवरुद्ध सडक खुलाउन सडक कार्यालयसँग समन्वय भइरहेको छ, लगातारको वर्षाका कारण समस्या भएको छ ।” राजमार्ग अवरुद्ध हुँदा गोकुलेश्वर, दार्चुला जाने, दार्चुलाबाट फर्किने सवारी साधन ठप्प छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ