शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गोसेन्सले लिए रोनाल्डोसँग मिठो बदला

आइतबार, ०६ असार २०७८, ०९ : ५४
आइतबार, ०६ असार २०७८

रोबिन गोसेन्सले एक पटक इटालियन सिरिए एको खेलमा एटलान्टा र युभेन्टसबीचको खेलपछि क्रिस्टियानो रोनाल्डोसँग उनको जर्सी मागेका थिए । तर, पाँच पटकका बालोन डि’ओर विजेताले जर्मन खेलाडीतर्फ नहेरी ‘हुन्न’ भन्ने जवाफ दिएका थिए ।

​‘मैले निकै लज्जा महसुस गरेको थिएँ,’ आफ्नो आत्मकथामा गोसेन्सले लेखेका छन्, ‘म त्यहाँ हिँडे र आफूलाई निकै तुच्छ ठानेँ ।’

रोनाल्डोसँगको पछिल्लो भेट भने उनका लागि सुखद रह्यो । पोर्चुगललाई ४–२ ले हराउने क्रममा दोस्रो हाफमा सब्सिटिच्युट गरिँदा एलान्ज एरिनामा तालीको गडगडाहटले पक्कै पनि उनले आफूलाई ‘१० फुट अग्लो’ महसुस गरिरहेका होलान् ।

​केही सेकेन्ड अघि मात्र उनले एक गोल गरेका थिए भने दुईवटा गोलको अवसर सिर्जना गरेका थिए ।

स्रोत : गोल डटकम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप