बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेमिकासँग ​पुनर्मिलनपछि दंग छन् ज्याक, तर गर्न सकेनन् गोल

आइतबार, ०६ असार २०७८, ११ : ३५
आइतबार, ०६ असार २०७८

इङल्यान्डका स्टार ज्याक ग्रियलिसले मैदानमा गोल गर्न सकेका छैनन् । तर उनी खुसी छन् । किनकी युरोअघि नै पूर्व प्रेमिकासँग उनको पुनर्मिलन भयो । स्रोतका अनुसार एस्टल भिल्लाका यी  २५ मिडफिल्डरले मोडल सासा एटउडलाई अहिले आफ्नो मैदान बाहिरको ‘गोप्य हतियार’ मान्छन् । 

किशोरावस्थामै यी दुईको भेट भएको थियो । द सनलाई स्रोतले भनेको छ,‘ज्याक र सासाको सम्बन्ध उतारचढावपूर्ण रह्यो । तर अहिले उनीहरुको पुनर्मिलन भएको छ र उनलाई कसरी चर्चाबाहिर राख्ने भन्नेमा ज्याकको ध्याउन्न छ ।’

स्रोतले थप्यो, ‘फ्यानहरुले अझै आफुलाई सिंगल नै सोच्दा राम्रो हुन्द्ध भन्ने ग्रियलिसको बुझाई छ । तर, उनी युरोमा मैदानबाहिरबाट हौसला बढाइरहेकी छिन् । सासा मैदानबाहिरकी गोप्य हतियार हुन् र जेसुकै भएपनि उनले समर्थन गर्छिन् । उनीहरु दुबै एकअर्कासँग नजिक छन् ।’

बिम्बलीमा स्कटल्यान्डविरुद्ध म्याचमा इङल्यान्डको जर्सी लगाएर दर्शकको भिडमा सासा उभिएकी थिइन् । तर वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका ग्रियलिसले गोल गर्न सकेनन् । यो खेल गोलरहित बराबरीमै सकियो । अहिलेसम्म ग्रियलिसले इङल्यान्डबाट ८ खेल खेलेका छन् र गोल गर्न सकेका छैनन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप