शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नारदमुनि मन्त्री बन्दा अष्ट्रेलियामा बानियाँलाई तनाव

आइतबार, ०६ असार २०७८, १४ : ४४
आइतबार, ०६ असार २०७८

आजभन्दा ११ वर्ष पहिले तत्कालीन सभासद नारदमुनि रानाका नामको रातो पासपोर्ट किनेर त्यसमा आफ्नो फोटो टाँसी अष्ट्रेलिया आएका म्याग्दीका निर्मल बाँनिया यहाँ आरामले बसिरहेका थिए । तर, ११ वर्ष बितेपछि  राना वनमन्त्री बन्नासाथ उनी तनावमा परेका छन् ।

‘राना मन्त्री नहुञ्जेलसम्म बानियाँ ढुक्क थिए, आरामले आफ्नै सुरमा काम अनि समाज सेवा गरिरहेका थिए’ बानियाँलाई नजिकबाट चिन्ने एक नेपालीले भने, ‘नेपालमा राना मन्त्री नियुक्त हुनासाथ रातो पासपोर्ट काण्ड फेरि चर्चामा आयो, जसले बानियाँलाई तनावमा पारेको हो ।’

राना मन्त्री बनेपछि बाँनियाँलाई बिर्सिसकेको घाउ बल्झिए जस्तै भएको छ । अष्ट्रेलियामा रहेका बानियाँ यहाँस्थित ‘घतान पुला समाज म्याग्दी’का अध्यक्षसमेत रहेका छन् । उनको नेतृत्वमा रहेको संस्थाले म्याग्दीमा सामाजिक सेवाको काम पनि गर्दै आएको छ ।

हालसालै बानियाँले म्याग्दी स्थित घतान स्वास्थ्य चौकीमा कोरोना पीडितका लागि अक्सिजनसहितका ४ वटा बेड र आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि आफ्ना भाइसँग मिलेर ६२ हजार रुपैयाँ बराबरको सहयोग दिएका दिए । निकटस्थहरुका अनुसार बानियाँले रानाका नामको कूटनीतिक पासपोर्ट प्रयोग गरेर अष्ट्रेलिया आउँदा लाखौं रुपैयाँ तिरेको र यसको लाभ तत्कालीन सभासद रानाले पनि लिएको बताउने गरेका छन् ।

त्यसो त रातो पासपोर्ट काण्डमा मन्त्री रानालाई अदालतले सफाइ दिइसकेको छ । तर, पासपोर्ट बाहक र बिचौलियाहरुमाथिको मुद्दा भने अझैसम्म अदालतमा विचाराधीन अवस्थामा छ । रानाले आफ्नो रातो पासपोर्ट आफूले थाहै नपाई दुरुपयोग भएको बताउँदै आएका छन् । तर, प्रयोगकर्ताले भने रानालाई यसबारे पूर्व जानकारी रहेको र लाभसमेत लिएको दाबी गर्दै आएका छन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप