बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अवरुद्ध महाकाली राजमार्ग खुला

आइतबार, ०६ असार २०७८, १५ : ३४
आइतबार, ०६ असार २०७८

छुट्टाछुट्टै दुई ठाउँमा पहिरा खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ ।  राजमार्गको जिल्लाको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सुर्नया गाउँपालिका–३ धरमघर र दोगडाकेदार गाउँपालिका–५ ढिकगाडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।  

धरमघरमा आज दिउँसो १ः ०० बजे र ढिकगाडमा बिहान साढे ८ः ०० बजेदेखि सडक  सञ्चालनमा आएको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन बिष्टले जानकारी दिए । पहिराले ढिकगाडमा गए राति १ः ०० देखि र धरमघरमा बिहान ८ः ०० बजेदेखि  सडक अवरुद्ध भएको थियो ।  

अहिलेलाई राजमार्ग सञ्चालनमा ल्याइएको भए पनि लगातार रुपमा वर्षा भइरहेकाले ती स्थानमा अझै पहिराको जोखिम कायमै रहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोति बमले जानकारी दिए  । यसअघि शनिबार अपराह्न पनि धरमघरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएकामा करीब दुई घण्टापछि खुलेको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप