बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले पायो २ खर्ब २ अर्बको अन्तर्राष्ट्रिय विकास सहायताको प्रतिवद्धता

आइतबार, ०६ असार २०७८, १६ : ३३
आइतबार, ०६ असार २०७८

सरकारले चालु आर्थिक वर्षको १० महिनामा २ खर्ब २ अर्ब बढीको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिवद्धता प्राप्त गरेको छ । अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउन देखि बैशाख सम्ममा विभिन्न मुलुक तथा दातृ निकायहरु मार्फत सरकारले कुल २ खर्ब २ अर्ब २८ करोड विकास सहायता प्राप्त गरेको हो । 

यस्तो सहायता गत आर्थिक वर्ष २०७६/७७ भन्दा पनि ३५.३ प्रतिशतले बढि यस पटक सरकारले प्राप्त गरेको अर्थमन्त्रालयले जनाएको छ । गत आर्थिक वर्षका लागि सोही अवधिमा सरकारले कुल १ खर्ब ४९ अर्ब ५० करोड पाएको थियो ।
उक्त प्रतिवद्धतामध्ये अनुदान सहायता तर्फ १०.९ प्रतिशत र ऋण सहायता तर्फ अधिकतम ८९.१ प्रतिशत रहेको समेत मन्त्रालयले जनाएको छ । यस्तो सहायता गत वर्ष क्रमशः १४.३ प्रतिशत र ८५.७ प्रतिशत रहेको थियो । 
चालु आर्थिक वर्षको बैशाख महिनासम्मको वैदेशिक सहायता प्रतिवद्धतामा द्धिपक्षीय र बहुपक्षीय सहायताको हिस्सा क्रमशः ४.७ प्रतिशत र ९५.३ प्रतिशत रहेको समेत मन्त्रालयले जनाएको छ । 

सबैभन्दा बढि विकास सहायता सडक पूर्वाधारमा 
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि मुलुकले प्राप्त गरेको अन्तर्राष्ट्रिय विकास सहायता मध्ये ठूलो सहायता सडक पूर्वाधारको क्षेत्रमा प्राप्त भएको छ । 
यस्तो सहायता कुल सहायता मध्ये अधिकतम २६.७ प्रतिशत सडक क्षेत्रमा मात्र रहेको मन्त्रालयको भनाई छ । 

यस्तै, उर्जा क्षेत्रमा २२.९ प्रतिशत, बजेटरी सहायताको रुपमा ११.७ प्रतिशत, क्षमता विकास तर्फ ८.८ प्रतिशत, कृषिमा ५.३ प्रतिशत र  कोभिड–१९ को उपचार तथा रोकथामका लागि चालु आर्थिक वर्षका लागि अधिकतम ५ प्रतिशत अन्तर्राष्ट्रिय सहायता प्राप्त गर्न सफल भएको अर्थमन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप