बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा थप ३६४ जनाले जिते कोरोना

आइतबार, ०६ असार २०७८, १७ : २५
आइतबार, ०६ असार २०७८

कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको अवस्थामा निरन्तर कमी आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप २६४ जनाले कोरोनालाई जितेर डिस्चार्ज भइरहँदा ३७ जना संक्रमित थपिएका छन् । २६९ जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७ जनामा कोरोना भाइरस पुष्टि भएको हो । आज कर्णालीमा आरटी–पीसिआर परिक्षण र संक्रमितको संख्या शून्य रहेको छ ।

यस्तै प्रदेशभर सक्रिय संक्रमितको संख्या १ हजार ८४८ मा झरेको अवस्था छ । प्रदेशभर हालसम्म २३ हजार ९५१ जनाले कोरोना जितेको अवस्था छ । आज थप २ जनाको कोरोनाका कारण मृत्यु भएको अवस्था छ । मृत्यु हुनेमा एकजना सुर्खेत र एक जना दैलेखको रहेका छन् । मृत्यु हुनेको संख्या जम्मा ३९९ पुगेको छ ।  विशेषगरी आज रुकुम पश्चिम, जाजरकोट र मुगुमा धेरै संक्रमित रहेको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप