शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा कुन बार कुन पसल खोल्न पाइन्छ ?

आइतबार, ०६ असार २०७८, १८ : २८
आइतबार, ०६ असार २०७८

काठमाडौं उपत्यकामा बार तोकेर पसल खोल्न दिने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बारको आधारमा पसल खोल्न दिने निर्णय गरेका हुन् ।  दुई क्याटेगोरी निर्धारण गरेर बारअनुसार पसल खोल्न दिने निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले रातोपाटीलाई बताए । 

आइतबार, मंगलबार र बिहिबार  सुन पसल, भाँडा भान्सा, विद्युतिय सामग्री, अटोमोबाइल शो रुम, मोटस पार्टस र इलेक्टोनिक्स सामग्री र कम्युटर पसल खोल्न पाइन्छ । सोमबार र बुधवार र शुक्रवार डिपार्टमेन्टल स्टोर, सपिङ मल खेलकुद सामग्री, कस्मेटिक साडी, गिफ्ट आइटम र कपडा पसल खोल्न दिने निर्णय गरिएको छ । 

‘बारअनुसार खुल्ने पसल बिहान ११ बजेबाट ४ बजेसम्म मात्र खोल्न पाइन्छ’ प्रजिअ निरौलाले भने– ‘किराना, खाद्यान्न र स्टेशनरी पसलको हकमा पुरानै निर्णय कायम गरिएको छ ।’ जेठ ३० गते स्थानीय प्रशासनले असार १ बाट लागू हुनेगरी किराना र स्टेशनरी पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय गरेको थियो । सो निर्णयमा हेरफेर गरिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप