शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

५१ कम्पनीको नाम सार्वजनिक मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

आइतबार, ०६ असार २०७८, १९ : ००
आइतबार, ०६ असार २०७८

नेपाल धितोपत्र बोर्डविरुद्ध परेको ५१ कम्पनीको नाम सार्वजनिक मुद्दाको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश डा.कुमार चुडालको एकल इजलासले बोर्डमाथि कारण देखाउ अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अधिवक्ता रविन बोहजुसमेतले गत जेठ २८ गते धितोपत्र बोर्डले ५१ कम्पनीको लगानी जोखिमयुक्त भएको भन्दै जारी गरेको सूचना विरुद्ध सर्वोच्चमा कारण देखाउ रिट दायर गर्दै अन्तरिम आदेश माग गरेका थिए ।  तर आइतबार सर्वोच्च अदालतले बोर्डलाई सूचनामा उल्लिखित ५१ कम्पनीको आर्थिक अवस्थाको जानकारी सर्वसाधारणलाई दिँदा निवेदकको निर्विवाद हक छिनिएको नदेखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

योसँगै धितोपत्र बोर्डलाई ती कम्पनीको कारोबारका विषयमा थप अध्ययन गर्न बाटो खुलेको छ । तर, सर्वोच्चले त्यसरी छानबिन गर्ने कारणसहित १५ दिनभित्र जवाफ पेस गर्न बोर्डलाई भनेको छ । गत मंगलबार धितोपत्र बोर्डले सेयर बजारमा चलखेल गरेर अस्वभाविक सेयर मूल्य वृद्धि गरेको भन्दै ५१ कम्पनीको नाम सार्वजनिक गरेको थियो । योसँगै बजारमा बोर्डको तिब्र आलोचना हुँदै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप