बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नेता खनालको स्वास्थ्यमा क्रमिक सुधार

आइतबार, ०६ असार २०७८, १९ : ३६
आइतबार, ०६ असार २०७८

पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।  भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेकपा (एमाले)का वरिष्ठ नेताका  स्वास्थ्यमा सुधार भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए।

खनालमा ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्ने समस्या हटिसकेको छ । उपचारमा अक्सिजनको सपोर्ट राखिएकामा हटाइएको छ ।  खनाललाई थप उपचारका लागि यही असार २ गते नयाँ दिल्ली लगिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप