मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा, प्रति सेयर १,०२२ मात्र

आइतबार, ०६ असार २०७८, १९ : ४०
आइतबार, ०६ असार २०७८

काठमाडौं । नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको ७८,१५० कित्ता सेयर बिक्री गर्ने भएको छ । 

संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले असार ३गते देखि असार १०गते सम्ममा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल आइपुग्ने गरी प्रति कित्ता आपूmले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य सिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप