मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकद्वारा मनाङका बाढी प्रभावितलाई राहत वितरण, ५ जनाको हेलिकप्टरमार्फत उद्धार

आइतबार, ०६ असार २०७८, २० : ००
आइतबार, ०६ असार २०७८

काठमाडौं । मनाङ जिल्लाका बाढी प्रभावितलाई एनएमबि बैंकले राहत वितरण गरेको छ । राहतमा मिनरल वाटर, स्यानिटाइजर र मास्क वितरण गरिएको थियो । 

एनएमबि बैंकको मनाङ शाखाका शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा शाखाका कर्मचारीहरु, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले, सोही गाउँपालिकाका, वडा नं. ५ का अध्यक्ष कैले गुरुङ तथा स्थानीय समुदायको उपस्थितिमा सामग्रीहरु वितरण भएको थियो । 

अचानक मौसम प्रतिकुल भएर बाढीले अलपत्र भई जीवन मरणको दोसाँधमा रहेका तीन जना नाबालक सहित गरि ५ जनालाई उक्त राहत वितरणमा गएको टोलीले हेलिकप्टरबाट उद्धार स्वरुप उपचारका लागी काठमाडौं पठाएको थियोे । उद्घार गरिएका व्यक्तिहरुमा वर्ष ६५ का बुद्धराम  गुरुङ, वर्ष ९ का जोहन गुरुङ, वर्ष ७ की आरध्या गुरुङ, वर्ष ८ की जेनिप गुरुङ र वर्ष २७ की लक्ष्मी गुरुङ रहेका छन् ।

विगत केही दिन यता लगातारको भारी वर्षा पछिको पहिरोले मनाङका अधिकांश नदीहरु थुनिएका छन जसले गर्दा उक्त स्थानका सयौं मानिसहरु घरबार विहीन भएका छन । हाल चामे बजार जोखिममा रहेको हुनाले लगभग ९०० घरधुरीहरु आफनो बसोवास स्थान छाडेर सुरक्षित स्थानमा बसिरहेका छन् । बाढीले सडक, पुल लगायतका सार्वजनिक संरचनाहरुमा पनि निकै क्षति पु¥याएको छ ।

चामे गाँउपालिका का वडा नं. ४ र ५ जोडने स्थानमा मर्स्याङ्दी नदीमा पहिरो खस्दा बहाव थुनिएको छ । निरन्तर वर्षाको कारणले नदीमा पानीको सतह थप बढेको हुनाले चामे बजार उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप