बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

डुबेर मृत्यु भएका ५ जना बालिकाको परिवारलाई गाउँपालिकाद्वारा राहत हस्तान्तरण

आइतबार, ०६ असार २०७८, २१ : २३
आइतबार, ०६ असार २०७८

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले डुबेर मृत्यु भएको बालिकाको परिवारलाई राहत रकम हस्तान्तरण गरेको छ । मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ६ स्थित डुबेर मृत्यु भएको बालिकाको परिवारलाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार यादव र उपाध्यक्ष मिरा देवी महतोले संयुक्त रुपमा राहत स्वरुप चेक हस्तान्तरण गरेका हुन् ।

पाँच जना नै बालिकाको परिवारलाई १ लाख ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । यसअघि प्रदेश सरकारले समेत ५ जना बालिकाको परिवारलाई प्रति १ लाख रुपैयाँको दरले राहत रकम उपलब्ध गराउने घोषणा गरेको थियो ।

​करिब एक सातापूर्व मुखियापट्टी मुसहरनिया गाउँपालिका स्थित वडा नम्बर ६ स्थित हुलास यादवको खेतमा निर्माणधिन पोखरीमा डुबेर ५ बालिकाको मृत्यु भएको थियो । मृत्यु हुनेमा १३ वर्षिया मञ्जु पूर्वे, १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्दाकुमारी भगत, १२ वर्षीया चान्दनी ठाकुर र १२ वर्षीया ललिता साह रहेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप