बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

हेलम्बुबाट ३ गर्भवतीको हेलिकोप्टरबाट उद्धार

आइतबार, ०६ असार २०७८, २१ : ५२
आइतबार, ०६ असार २०७८

हेलम्बु गाउँपालिकामा रहेका ३ गर्भवतीको हेलिकोप्टर मार्फत उद्धार गरेर काठमाडौं ल्याइएको छ । मेलम्ची खोलाको बाढीले सडक भत्काएपछि अस्पताल जान समस्या पर्ने भएपछि आइतबार उनीहरुको उद्धार गरिएको हो ।

गोपाल लामा अध्यक्ष रहेको जष्ट नेपाल फाउन्डेनले हेलिकोप्टरमार्फत आइतबार काठमाडौंबाट राहत लिएर गएको थियो । सोही हेलिकोप्टरमा उनीहरुलाई उद्धार गरेर ल्याइएको हो । असार र साउनको पहिलो साता सुत्केरी हुने क्रममा रहका हेलम्बु १ तिम्बुमा रहेको गोल्मादेवी माविकी शिक्षिका अर्चना ढुङ्गेल, स्थानीहहरु सरिता तामाङ र कान्छीमाया शेर्पालाई उद्धार गरिएको हो । उद्धारका लागि पत्रकार विष्णु खड्का, सरिता गुरुङ, मनिष तामाङले शुक्रबारदेखि पहल थालेका थिए ।

सुत्केरी हुन लागेका उनीहरुलाई सुत्केरी खर्चबापत प्रतिव्यक्ति ५ हजार रुपैयाँ उपलब्ध गराउने सरिता गुरुङले जानकारी दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप