कास्कीमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
कास्कीमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । आइतबार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका–३ स्थित देउराली पत्थर ढुंगामा पोखराबाट पर्वत तर्फ जाँदै गरेको मोटरसाइकल, टिप्परले ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो ।
काँडेबाट पोखरा तर्फ आउदै गरेको प्रदेश नं. ३–०१ –००३ क ५१७३ को टिप्परले पर्वततर्फ गइरहेको ग २० प ६०३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका बाइकमा सवार २ जनालाई तत्कालै उद्धार गरी उपचारका लागि पोखरा पठाइएको थियो । घाइते एकजनाको अस्पताल ल्याइएको केही समयमा मृत्यु भएको र नाम ठेगाना नखुलेको अर्का घाइतेको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा पर्वत, भुकताङ्गे–१ का ३३ वर्षीय बिनोद मल्ल र अर्का नाम थर नखुलेका पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।
टिप्पर चालक सिन्धुपाल्चोक इन्द्रावती १० का २५ वर्षीय सुरेश माझीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको डिएसपी हमालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत