बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रणवीर कपुरदेखि हिना खानसम्म, जसले गुमाए कोराना चपेटोको समय बुबा,

सोमबार, ०७ असार २०७८, ०८ : ०६
सोमबार, ०७ असार २०७८

मुम्बई । कोरोना हरेकका लागि दुःख बनेर भित्रिएको छ । भारतीय फिल्म तथा टेलिभिजन स्टार पनि यसबाट अछुत रहन सकेनन् । आज ‘फादर्स डे’ हो । सोही अवसर पारेर कोरोनाकालमा बुबा गुमाएका केही सेलिब्रेटीको यहाँ चर्चा गर्न खोजिएको छ ।

बाबिल खान : नेटफ्लिक्सको फिल्म ‘काल’से अभिनयमा डेब्यु गरेका अभिनेता बाबिल खानका बुबा अभिनेता इरफान खानको २८ अप्रिल २०२०मा निधन भएको थियो । उनी क्यान्सरको साथसाथै कोरोना इन्फेक्शनका कारणले ५४ बर्षको उमेरमा यो संसारबाट बिदा भएका थिए ।

रणवीर कपुर : ३० अप्रिल २०२०मा रणवीर कपुरका बुबा तथा दिग्गद अभिनेता ऋषि कपुरको निधन भएको थियो । उनको निधन ब्लड क्यान्सरका कारण भएको थियो । कोरोनाको कहरको समय भएकोले उनको अन्तिम संस्कारमा थोरै मानिस मात्र सहभागी थिए ।

गौहर खान: बलिउड अभिनेत्री गौहर खानका बुबा जफर अहमत खानको निधन ५ मार्च २०२१मा भएको थियो । उनी लामो समयदेखि बिमारी रहेका थिए ।

हिना खान : अभिनेत्री हिना खानका बुबा असलम खानको २० अप्रिल २०२१ मा निधन भएको थियो । उनको निधन कार्डियक अरेस्टका कारणले भएको थियो ।

बाबा सहगल : पंजाबी तथा बलिउड र्यापर बाबा सहगलका बुबाको निधन पनि कोरोनाको कारण १३ अप्रिल २०२१मा भएको थियो ।

राजेश खट्टर : बलिउड अभिनेता तथा इशान खट्टरका बुबा राजेश खट्टरको निधन कोरोना संक्रमणको करण १८ अप्रिल २०२१मा भएको थियो ।


 
संभावना सेठ : टिभी अभिनेत्री संभावना सेठका बुबा एसके सेठको निधन पनि कोरोना कहरको समय भएको थियो । उनले ८ मे २०२१ मा अन्तिम सास लिएका थिए ।

गौरव चोपडा : टेलिभिजन अभिनेता गौरव चोपडाका बुबा स्वतन्त्र चोपडाको गत बर्षको २९ अगाष्टमा भएको थियो । बुबा अगाडि गौरवको आमाको पनि निधन भएको थियो । 

स्रोत : दैनिक भास्कर 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप