मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रूपन्देहीमा नक्कली पास लिएर हिँड्ने ४ जना पक्राउ

सोमबार, ०७ असार २०७८, ०८ : २४
सोमबार, ०७ असार २०७८

रूपन्देहीमा निषेधाज्ञा उल्लंघन गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नक्कली पास बनाएर हिँड्ने ४ जनालाई नियन्त्रणमा लिएर कारवाही प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

निषेधाज्ञाको अवज्ञा गरी नक्कली पास बनाई सवारी साधन चलाउने र सर्वसाधारणमा भ्रम पैदा गर्ने गुल्मी धुर्कोट नगरपालिका-७ स्थाई घर भई हाल जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका -११ बस्ने २७ वर्षिय बिनोद घिमिरे, बुटवल उपमहानगरपालिका-११ का ५३ वर्षिय रोलक बहादुर बुढाक्षेत्री र गुल्मी मुसिकोट नगरपालिका -७ का २७ वर्षिय विपिन काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिइ जनही पचास हजार जरिमाना तिराएको छ।

यस्तै  बुटवल उपमहानगरपालिका -१२ का ३९ वर्षिय मनोज गैरेलाई नियन्त्रणमा लिई ५ हजार जरिवाना लिई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य थापाले बताए ।

नक्कली पास बनाई बेच्ने र सो कार्य गर्न सहयोग गरी कोभिड–१९ नियन्त्रण अध्यादेश २०७८ को दफा ३९ विपरित हुने गरी कार्य गरेकोले उनीहरुलाई सोही अध्यादेशको परिच्छेद ५ को दफा १९ को उपदफा २ बमोजिम सजाय तथा जरिवाना गरिएको  हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप