शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो मेरो देश

सोमबार, ०७ असार २०७८, १० : २२
सोमबार, ०७ असार २०७८

 

 

-राजन झा 

कति राम्रो देश, चारैतिर हरियाली
विश्वमै छ चर्चित,  हाम्रो मेची–महाकाली
दक्षिणतिर भारत, उत्तरतिर हाम्रो चीन,
यस्तो मेरो देश, गर्वले मुखमा छ लाली ।

सानै भए देश, हाम्रो ठूलो इतिहास हो
वीर पुर्खाले हाम्रो बचाएको यो सास हो ।
कति छ पवित्र सती सीताको यो देश 
काठमाडौँमा हेर पशुपतिजीको बास हो ।

सर्वोच्च सागरमाथा, हाम्रो चिनो यो नेपालको,
चम्किँदैछ देश हाम्रो, पर्वत यो हिमालको ।
थरिथरि जातजाति, फरक फरक धर्म,
एकताले बनेको यो देश नै विशाल हो ।

विश्वमै प्रसिद्ध, गोर्खालीको यो वीरता,
सुखी, शान्ति देश, मान्छेमा छ अस्थिरता ।
गरूँ के बखान हाम्रो देश नै महान हो,
सोध कसैसित हाम्रो पौरखको वीरता ।।

अन्नको छ खानी, मिहिनेती त किसान हो,
रक्षा गर्दै देशको, पुर्खाले दिए ज्यान हो ।
हिमाल, पहाड, तराई मिली बनेछ यो देश,
भनुँ अझै के नेपाल देश नै महान् हो ।

अमर हाम्रो देश,  जबसम्म सूर्य–चन्द्रमा,
रातो रङ वीरता, कर्तव्य त्यो काँधमा ।
निलो छ हेराउँदै हाम्रो शान्तिको प्रतीक,
कहीँ जाने काम के यो विश्व नै नेपालमा ।

कति राम्रो देश, चारैतिर हरियाली
विश्वमै छ चर्चित,  हाम्रो मेची–महाकाली ।
दक्षिणतिर भारत, उत्तरतिर हाम्रो चीन
यस्तो मेरो देश, गर्वले मुखमा छ लाली ।

      
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा