बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्यान नम्बर लिनेको संख्या झण्डै साढे ४० लाख

सोमबार, ०७ असार २०७८, १२ : २०
सोमबार, ०७ असार २०७८

सरकारले स्थायी लेखा नम्बर अनिवार्य गरेसँगै पछिल्लो समयमा स्थायी लेखा नम्बर (प्यान) लिनेहरू निकै बढेको अर्थमन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म कूल ४० लाख ४३ हजार ७ सय ९४ जनाले प्यान लिएका छन । 

मन्त्रालयका अनुसार सो अवधिमा दर्ता भएका कूल करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १५ लाख ९३ हजार ७४ पुगेका छ भने व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २४ लाख ४१ हजार ५ सय ८६ पुगेको छ ।  

करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ९ हजार १ सय ३४ पुगेको छ । मन्त्रालयका अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या २ लाख ८८ हजार ७ सय ८ पुगेको छ । उता, अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख ११ हजार ४ सय ९१ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप