किशोरी बलात्कार गरेको आरोपमा युवक पक्राउ
किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षीय जयराम चौलागाईंलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ । गुम्न जाउँ भनेर फकाउँदै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ की १५ वर्षीया किशोरीलाई चौलागाईंले भक्तपुर नगरपालिका–४ स्थित भक्तपुर गेष्टहाउसमा ल्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
यही असार ५ गते बालिकालाई घुम्न जाने भन्दै फकाएर भक्तपुर ल्याएको र भक्तपुरमा आएपछि खाजा नास्ता खाउँ भनी भक्तपुर गेष्टहाउसमा लगेर डर धाकधम्की दिई जबरजस्ती बलात्कार गरेको किशोरीले बयान दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।
प्रहरीले चौलागाईंलाई काठमाडौँ सुन्धारामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । यही असार ५ गते बिहान १० बजे किशोरी हराएपछि उनकी आमाले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दिएकी थिइन् । निवेदनको आधारमा खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौँको प्रहरी टोलीले आइतबार किशोरीलाई सुन्धारामा फेला पारेर भक्तपुर प्रहरीलाई बुझाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै