शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घोराहीको एक होटलमा युवक मृत फेला

सोमबार, ०७ असार २०७८, १६ : ०७
सोमबार, ०७ असार २०७८

दाङमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका १४ कल्पु धर्मशाला नजिकै रहेको पाल्पाली होटलमा अन्दाजी ३५ वर्षीय आकाश खड्का मृत अवस्थामा फेला परेका हुन् । खड्का घोराही उपमहानगरपालिका १८ निवासी हुन् ।

खड्का अत्याधिक मापसे गरेर बोमिट गरेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले  जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप