शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विमलेन्द्र, शंशाक र प्रकाशमानबीच 'अर्थपूर्ण' भेटवार्ता

सोमबार, ०७ असार २०७८, २० : ००
सोमबार, ०७ असार २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिको आकांक्षी तीन नेताबीच 'लञ्च  मिटिङ' भएको छ । काँग्रेस उपसभापति बिमलेन्द्र निधिको निवास बानेश्वरमा महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमानबीच छलफल भएको हो । 

संस्थापन पक्षमा रहेका निधि र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा रहेका कोइराला र सिंहबीचको छलफललाई अर्थपूर्ण रुपमा लिइएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभापतिको दौउडमा देखिएका बेला नेतात्रयबीचको छलफलले नयाँ समीकरण सम्भवानालाई सतहमा ल्याइदिएको छ ।

शनिबार मात्रै पार्टी सभापति देउवा र निधिबीच उम्मेदवारीबारे सवाल जवाफ भएको थियो । दुबै जनाले एक अर्कालाई नछोड्ने अडानसहित उनीहरु छुटिएका थिए ।  आफूनिकट केन्द्रीय पदाधिकारी र सदस्यहरुसँग गरेको प्रदेशस्तरीय छलफलमा देउवाले सभापतिको उम्मेदवार आफैं हुने घोषणा गरेका थिए ।

निधिले १३ औं महाधिवेशनमा जनाएको प्रतिबद्धता र सरकारको नेतृत्वका लागि अघि बढिरहेको परिदृश्यमा सभापतिमा आफूलाई बनाएर सहयोग गर्न देउवासँग आग्रह गरेका थिए ।

देउवाले आफूले नछोड्ने बताएपछि निधिले भावी समीकरण अभ्यास थालेको बुझिएको छ । यद्यपि आजको छलफल कुनै सहमति भने नभएको उसभापति निधि स्रोतले रातोपाटीलाई बतायो ।

स्रोतका अनुसार आजको छलफलमा तीनै जानले एक अर्कासँग आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । आगामी दिनमा फेरि छलफल गर्ने गरी नेतात्रयको बैठक सकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप