मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा थप ३७९ जनामा संक्रमण पुष्टि

सोमबार, ०७ असार २०७८, १७ : ११
सोमबार, ०७ असार २०७८

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३७९ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौँमा २८५ जना, ललितपुरमा ६१ जना तथा भक्तपुरमा ३३ जना रहेका छन् ।

त्यस्तै, प्रदेश १ मा झापामा १३०, मोरङमा १२४ तथा सुनसरीमा ११४ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश २ मा सिरहामा १६ जना, गण्डकी प्रदेशको बागलुङमा सर्वाधिक ३०५ जना, लुम्बिनी प्रदेशको पाल्पामा १७ जना, कर्णालीको दैलेखमा ८ जना तथा सुदूरपश्चिमको कञ्चनपुरमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

यता देशभर थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४ तथा एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख २२ हजार ६४० जना तथा एन्टिजेन विधिबाट २७ हजार ३०८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा थप ३१३० जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ५ लाख ५९ हजार ९२८ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९.९ प्रतिशत रहेको छ ।

हाल नेपालमा ५३ हजार ९४० जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ५० हजार ३०४ जना होम आइसोलेसनमा, ३ हजार ६३६ जना संस्थागत आइसोलेसनमा, ८११ जना आईसीयू तथा २३७ जना भेन्टिलेटरमा रहेका छन् ।

यही अवधिमा थप ४६ जनाले कोभिड–१९ को संक्रमणबाछ ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ८ हजार ७७२ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप