शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीका १६ जना डिआईजीको सरुवा, सिआईबीमा सिंह

सोमबार, ०७ असार २०७८, १७ : ५५
सोमबार, ०७ असार २०७८

नेपाल प्रहरीका १६ जना डिआईजीको सरुवा गरिएको छ । गृहमन्त्री खगराज अधिकारीले डिआईजीको सरुवा गरेका हुन् । प्रदेश–१ प्रहरी कार्यालयमा डीआईजी अरुणकुमार बिसीलाई सरुवा गरिएको छ । प्रदेश–२ मा उमेश रञ्जितकार, बागमती प्रदेशमा प्रकाश जंग कार्की, गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा मुकुन्दराज आचार्य, कर्णालीमा गणेश ऐर र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पुरुषोत्तम कँडेलको सरुवा गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा वसन्तकुमार पन्तलाई पठाइएको छ । केन्द्रिय अनुसन्धान ब्यूरोमा धीरजप्रताप सिंहलाई सरुवा गरिएको छ । डीआईजी घनश्याम अर्याललाई विशेष ब्यूरोमा सरुवा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप