शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा थप एक साता लम्बियो निषेधाज्ञा

सोमबार, ०७ असार २०७८, १८ : १८
सोमबार, ०७ असार २०७८

कपिलवस्तु जिल्लामा एक साता निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार विज्ञप्तिमार्फत असार १४ गतेसम्म निषेधाज्ञा थपिएको जनाएको हो ।  जारी विज्ञप्तिमा निषेधाज्ञा केही खुकुलो पार्ने निर्णय गरिएको जनाइएको छ । प्रशासन कार्यालयले सरकारी कार्यालयहरूमा भीडभाड नहुने गरी स्वास्थ्य मापदण्ड पूरा गरी चलाउन  पाइने जनाएको छ भने बैक पनि सञ्चालन गर्न दिने निर्णय भएको जनाएको छ ।

उता, शैक्षिक संस्था, सिनेमा हल, फन पार्क, पार्टी प्यालेस, स्वीमिङ पुल लगायतका क्षेत्रमा भने रोक लगाइएको छ । विवाह ब्रतबन्धमा भने १५ जनाभन्दा बढी सहभागी हुन नपाइने नियम लगाइएको छ । त्यस्तै खाद्यान्न सामाग्री किनमेलमा भने रोक लगाइएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप