शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पहिचान विरोधी नामकरण स्वीकार्य छैन : तुम्बाहाम्फे

सोमबार, ०७ असार २०७८, १८ : ४२
सोमबार, ०७ असार २०७८

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी प्रदेशसभा सदस्य विष्णु तुम्बाहाम्फेले  एक नम्बर प्रदेशको नामकरण लिम्बुवान, किरात-खम्बुवान राख्न प्रस्ताव गरेकी छन् । प्रदेशसभामा जारी बजेट अधिवेशनको आजको बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य तुम्बाहाम्फेले नेपालमा संघीयताको जीउँदो इतिहास अरुण पूर्वको लिम्बुवान भएको प्रमाण दाबी पेश गर्दै सो प्रस्ताव गरेकी हुन् ।

तुम्बाहाम्फेले लिम्बुवानको इतिहासलाई नामेट गर्ने गरी भूगोल र सभ्यताको आधारमा नाम राख्ने काम भएको खण्डमा सबैभन्दा बढी लिम्बुवान र त्योसँग जोडिएको समुदायमाथि अन्याय हुने दाबी गरिन् ।उनले पहिचा विरोधी नामाकरण आफुहरुलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताइन् । 

उनले लामो समयसम्म प्रदेशको नामकरण नहुनु तर अहिले मुख्यमन्त्रीले अचानक नामकरण गर्ने योजना अघि सार्नुले थप शंका उब्जिएको बताइन् । प्रदेशसभा सदस्य तुम्बाहाम्फेले तत्काल नामकरणको बिषयलाई अगाडि नबढाउन समेत सरकारलाई आग्रह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप