एकलौटी फर्मका रुपमा व्यवसाय गर्नेले कति तिर्नुपर्छ कर ?
राजस्व विभागले आर्थिक वर्ष २०७८/७९ का लागि करको दर सार्वजनिक गरेको छ । जसअनुसार एकलौटी फर्मका रुपमा व्यवसायमात्र हुनेले एकलतर्फ वार्षिक ४ लाखसम्म करयोग्य आय भएमा र दम्पतीतर्फ ४ लाख ५० हजारसम्म करयोग्य आय भएमा कर नलाग्ने भएको छ ।
एकलतर्फ ४ लाखभन्दा माथि ५ लाखसम्म करयोग्य आय भएमा ४ लाखदेखि ५ लाखसम्मको रकममा १० प्रतिशतका दरले कर तिर्नुपर्ने छ । यस्तै दम्पतीतर्फ भने ४ लाख ५० हजारदेखि ५ लाख ५० हजारसम्म करयोग्य आय भएमा ४ लाख ५० हजारदेखि ५ लाख ५० हजारसम्मको रकमको १० प्रतिशतका दरले कर तिर्नुपर्ने विभागले जनाएको छ ।
यस्तै, ५ लाखदेखि ७ लाखसम्म करयोग्य आय भएमा एकल व्यक्तिको हकमा न्यूनतम १० हजारका अतिरिक्त ५ लाखदेखि ७ लाखसम्मको रकममा २० प्रतिशतका दरले कर तिर्नुपर्ने छ ।
यसैगरी दम्पतीतर्फ ५ लाख ५० हजारदेखि ७ लाख ५० हजारसम्म करयोग्य आय भएमा न्यूनतम १० हजार र ५ लाख ५० हजारदेखि ७ लाख ५० हजारसम्मको रकममा २० प्रतिशतका दरले कर तिर्नुपर्ने छ ।
७ लाखभन्दा माथि २० लाखसम्म करयोग्य आय भएमा एकल व्यक्तिका लागि न्यूनतम ५० हजारका अतिरिक्त ७ लाखभन्दा माथि २० लाखसम्मको रकममा ३० प्रतिशतका दरले कर तिर्नुपर्ने छ । दम्पतीको हकमा भने ७ लाख ५० हजारभन्दा माथि २० लाखसम्म करयोग्उ आय भएमा न्यूनतम ५० हजारका अतिरिक्त ७ लाख ५० हजारदेखि २० लाखसम्मको रकममा ३० प्रतिशतका दरले कर लाग्नेछ ।
२० लाखभन्दा माथि करयोग्य आय भएमा एकल व्यक्तिको हकमा न्यूनतम ४ लाख ४० हजारका अतिरिक्त २० लाखभन्दा बढी रकममा ३६ प्रतिशतका दरले कर लाग्नेछ भने दम्पतीको हकमा न्यूनतम ४ लाख २५ हजारका अतिरिक्त २० लाखभन्दा बढी रकममा ३६ प्रतिशतका दरले कर तिर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान
-
गण्डकीको अर्थमन्त्री चुमान, दीपक मनाङे फेरि भौतिकमै
-
५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने