बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना सङक्रमण कम हुँदै गएपछि सर्वोच्चले सेवा थप्ने

सोमबार, ०७ असार २०७८, २२ : ३३
सोमबार, ०७ असार २०७८

सर्वोच्च अदालतले कोभिड –१९ को सङक्रमण कम हुँदै गएपछि विद्यमान कार्य सम्पादन थप्ने निर्णय गरेको छ ।  सर्वोच्चको आज बसेको पूर्ण बैठकले जनस्वास्थ्यका मापदण्ड लागू गर्दै  काम कारवाही र सेवामा थप्ने निर्णय गरेको हो । 

सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले पूर्ण बैठकले सङक्रमण घट्दै गएपछि कामकारवाही र सेवालाई विस्तार गर्ने निर्णय गरेको जानकारी दिए । उनका अनुसार अहिलेको व्यवस्थापन र सेवा प्रवाहलाई यही असार १४ गतेसम्म निरन्तरता दिइने छ । उनले प्रचलित कानून बमोजिम हुनसक्ने मिलापत्र र मुद्दा फिर्तासम्बन्धी कारवाही, व्यक्तिको तर्फबाट पर्न आएका दोहोर्याइ पाउँ भन्ने निवेदनको सुनुवाइ र विपक्षी झिकाउने आदेश नभएका साधकको सुनुवाइ यही असार १४ गतेसम्म निरन्तरता दिने बताए ।
यस्तै उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधीकरणको काम कारवाही तथा सेवाप्रवाह एवम् हदम्याद, म्याद र तारेख समेतका विषय भने गत बैशाख १४ गतेको सर्वोच्चको पूर्ण बैठक अनुसार गर्ने भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप