शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्ची र हेलम्बु पुन:निर्माणमा बजेटको अभाव हुँदैन : मन्त्री तामाङ

सोमबार, ०७ असार २०७८, २२ : ५९
सोमबार, ०७ असार २०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले मेलम्ची र हेलम्बुका बाढी पीडितसँग भेट गरेका छन् । यही असार १ मा मेलम्ची खोला र इन्द्रावती नदीमा अकल्पनीय  बाढीले ती क्षेत्रमा अपुरणीय क्षति पुर्याएको थियो । 
उनले बाढीबाट थप नदी कटान हुन नदिन बजेटको चिन्ता नगरी काम गर्न सरोकारवाला पक्षलाई निर्देशन दिए । उनले भने, “ पुन:निर्माणमा बजेटको अभाव हुँदैन । सरकारले पुन:निर्माणमा पहिलो प्राथमिकता दिन्छ ।” मन्त्री तामाङले  तत्काल पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउने गरी काम थाल्न निर्देशन दिए । “पहिलो प्राथमिकता पीडितलाई अस्थायी बासको व्यवस्था गर्नु हो, स्थायी रुपमा पुनःनिर्माणको काम पनि साथसाथै अघि बढ्छ ।”

बाढी पहिरो पीडितलाई १ करोड  

वाग्मती प्रदेश विपद् व्यवस्थापन समितिले सिन्धुपाल्चोक जिल्लालाई तत्काल रु १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको सो समितिको बैठकले सो निर्णय गरेको हो । 

उद्योग, पर्यटन तथा वन मन्त्री शरेस नेपालले बैठकले सिन्धुपाल्चोक लगायत प्रदेश भित्रका बाढीपहिरो प्रभावित क्षेत्रमा रोकथाम, संरक्षण र सहज वातावरण बनाउन तत्काल रु ५ करोड सहयोग गर्ने निर्णय गरेको जानकारी दिए । उनले बैठकले सिन्धुपाल्चोक र चितवनको नदी नियन्त्रणको लागि रु ५० लाख दिने निर्णय गरेको बताए ।

अन्य जिल्लालाई पनि सम्भावित जोखिम कम गर्न लागि रु २५ लाखका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । मनसुन शुरु भएको पहिलो हप्तामै सिन्धुपाल्चोकको मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपालधाप गाउँपालिका नराम्रो प्रभावित बनेको छ । मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले काभ्रे भुम्लु गाउँपालिकाको दोलालघाट बजार पनि प्रभावित बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप