शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ल्यापटप र मोबाइल चोरीमा संलग्न १ जना पक्राउ

मङ्गलबार, ०८ असार २०७८, १० : ३७
मङ्गलबार, ०८ असार २०७८

ल्यापटप र मोबाइल चोरीमा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जिल्ला विराटनगर महानगरपालिका-११ पिछडा टोल बस्ने २८ वर्षीय पप्पु सहनी छन् । 

उनलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले बताए । 

पक्राउ परेका सहनीले विराटनगर महानगरपालिका-११ स्थित  पिछडा टोल बस्ने विकास गुरुङको घर कोठामा टेवुलमा राखिएको टोसिबा कम्पनीको ल्यापटप, सोही स्थान बस्ने मुनि देवि साहको घरबाट चाँदीको जस्तो देखिने पाउजु ४ जोर, भिभो कम्पनीको एक थान मोवाइल चोरी गरेका थिए । 

प्रहरीले सहनीको घरबाट अन्यत्रबाट चोरी गरी लुकाई राखेको Dtc लेखेको रातो रंगको सादा एउटा मोबाइल, Nyx लेखिएको कालो पहेँलो रंगको सादा एक थान मोबाइल, सुनको जस्तो देखिन झुम्का १ जोर, विभिन्न दरका नेपाली नगद दुई हजार आठ सय पन्चानब्बे रुपैयाँ, चाँदीको जस्तो देखिने बाला १ जोर, चाँदीको सिक्का १ थान, चाँदीको लकेट एउटा र भारतीय सिक्का एक थान बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप