शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रजनीकान्त भन्दा बढी पारिश्रमिक लिन्छन् थलापति विजय

मङ्गलबार, ०८ असार २०७८, ११ : २५
मङ्गलबार, ०८ असार २०७८


दक्षिण भारतीय फिल्म अभिनेता थलापति विजयले गत बर्ष सफलताको एक रेकर्ड बनाएका थिए । उनको फिल्म ‘मास्टर’ले कोरोना कहरको समय पनि सबैभन्दा धेरै कमाएर रेकर्ड बनाएको थियो ।

अभिनेता विजय आजदेखि ४७ बर्ष लागेका छन् । २२ जुन १९७६ चेन्नइको तमिलनाडुमा जन्मिएका विजय सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता पनि हुन् । आउँदो फिल्म ‘थलापति ६५’का लागि उनले एकसय करोड पारिश्रमिक लिएका छन् । पारिश्रमिकको मामलामा उनले अभिनेता रजनीकान्तलाई समेत पछि पारेका छन् । रजनीकान्तले अहिलेसम्मकै धेरै पारिश्रमिक फिल्म ‘दरबार’का लागि ९० करोड लिएका थिए ।

विजयको सक्कली नाम जोसफ विजय चन्द्रशेखर हो । फिल्मी दुनियामा उनी थलापति विजयको नामबाट परिचित छन् । विजयका बुबा पनि नाम चलेका निर्देशक थिए । उनले बुबाको १५ फिल्ममा काम गरेका छन् । तीमध्य ६ फिल्ममा बालकलाकारको भुमिका निर्वाह गरेका थिए ।

विजय रजनीकान्तका ठुलो फ्यान हुन् । १९८५ मा आएको रजनीकान्तको फिल्म ‘नान सिवापु मनिथन’मा उनले बालकलाकारको रुपमा काम गरेका थिए । १८ बर्षको उमेरमा विजयले ‘नालैथ्या थीरपु’बाट अभिनेताको रुपमा डेब्यु गरेका थिए । फिल्ममा उनको नामनै विजय थियो । यो नामबाट उनले ८ फिल्ममा काम गरेका थिए । विजयले अहिलेसम्मको करियरमा ६५ फिल्ममा काम गरेका छन् । ति मध्य धेरै बक्सअफिसमा हिट साबित भएका छन् ।

विजयकी आमा शोभा चन्द्रशेखर गायिका हुन् । विजय पनि एक राम्रो गायक हुन् । फिल्म ‘थुपक्की’मा उनले गाएको गीत ‘गुगल गुगल’ निकै हिट भएको थियो । यो गीतको कारण विजयले सबैभन्दा पपुलर तमिल गीतका अवार्ड समेत हात पारेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप