शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

करीना कपूर कसरी घटाउँछिन् बढेको तौल ?

मङ्गलबार, ०८ असार २०७८, ११ : २६
मङ्गलबार, ०८ असार २०७८

बलिउड अभिनेत्री आफ्नो शरीरको अवस्थालाई लिएर निकै चिन्तित रहन्छिन् । उनको शरीर निकै सुगठित पनि रहने गर्छ । तर, गर्भवती भएको र बच्चा भएको अवस्थामा तौल बढ्ने गर्छ । पहिलो सन्तानपछि निकै मोटाएकी करीना पुनः आफ्नो तौल निकै घटाएकी थिइन् । फेरि दोस्रो सन्तान भइसकेपछि पनि करीना तौल घटाउने कसरतमा छिन् । 

प्रायः महिलाहरु बच्चा भइसकेपछि आफ्नो शरीरलाई फिट राख्न सक्दैनन् । तर, करीनाले कसरी आफूलाई फिट राख्छिन् त ? 

फिट रहनका लागि करीना कडा मेहनत गर्ने गर्छिन् । उनी पाइलेट्स कसरत गर्नेदेखि सिढीँ चढ्ने र ओर्लिनुमा भरोसा गर्छिन् । मिडिया रिपोर्टका अनुसार करीना योगा र मेडिटेसन गर्न मन पराउँछिन् । उनी हप्तामा ६ दिन वर्कवाउट गर्ने गर्छिन् । 

मिडिया रिपोर्टका अनुसार करीना खानामा मखाना खाने गर्छिन् । उनी हरेक दिनको सुरुवात नट्स र केराबाट गर्छिन् । उनी दिउँसोको खानामा दही, चामलको खाना, सलाद, दाल, तरकारी र रोटी खाने गर्छिन् । उनी रातिको खानामा पुलाउ, रोटी, दही आदि खाने गर्छिन् । उनी चिया र कफि पिउँदिनन् । उनी मौसमी फलहरु, नरिवल पानी खाने गर्छिन् । करीना सुत्नुअघि दूध, बेसार र जायफल पानी मिसाएर पिउने गर्छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप