एम्बुलेन्स र शव बाहनमा जीपीएस प्रणाली जडान
जिल्लामा हाल संचालनमा रहेका एम्बुलेन्स र शव बाहनमा जीपीएस प्रणाली जडान गरिएको छ । स्वास्थ्य कार्यालय भक्तपुरकी तथ्यांक सुपरीवेक्षक तथा सूचना अधिकारी अस्मिता ढुंगानाका अनुसार प्रदेश सरकारद्धारा आर्थिक वर्ष २०७७/७८मा विनियोजित रकमले यो वर्ष २० वटा एम्बुलेन्स र शवबाहनमा जीपीएस प्रणाली जडान गरिएको हो ।
‘जिल्लामा रहेका जम्मा २९ वटा एम्बुलेन्स मध्ये ९ वटामा पहिल्यै जडान भएको र बाँकी २० वटामा भर्खरै जडान गरेका छौं, ढुंगानाले भनिन् । ९ वटामा सम्बन्धित अस्पतालले पहिलानै सो प्रणाली जडान गरेका थिए ।
भक्तपुर जिल्लामा रहेका सबै एम्बुलेन्स र शव वाहनमा जीपीएस जडान गर्ने काम सम्पन्न भैसकेकोले एम्बुलेन्स वा शव वाहन चाहिएमा सिधै पैसा नलाग्ने फोन नम्बर १०२ सम्पर्क गर्न सकिने कार्यालयले जानकारी दिएको छ ।
एउटामा सवारी साधनमा सो प्रणाली जडान गरेको ६ हजार रुपैयाँ लागेको समेत सूचना अधिकारी ढुंगानाले जानकारी दिएकी छन् । यसको जडानपछि कुन एम्बुलेन्स कहाँ छ कता पुग्यो भनेर थाहा पाउन सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ