शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

५०० परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण

मङ्गलबार, ०८ असार २०७८, १३ : १०
मङ्गलबार, ०८ असार २०७८

रौतहटको देवाही गोनाही नगरपालिकाका ५०० परिवारलाई निःशुल्क ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । 

पूर्वमन्त्री  प्रभु साहको पहलमा सो नगरपालिका अन्तर्गत करुणिया लक्षमिनियामा एक समारोहका बीच उक्त ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो । 

 मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारी साहको प्रमुख आतिथ्यमा सम्पन्न ग्यास चुल्हो वितरण समारोहमा  देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी पटेल, नेकपा नेता त्रिभुवन साह, चन्देश्वर बैठा, वडा अध्यक्ष राजकुमार साह लगायत नेता कार्यकर्ताको सहभागिता थियो  । गत निर्वाचनमा रौतहट संसदीय निर्वाचन क्षेत्र ३ लाई धुवाँमुक्त बनाउने पूर्वमन्त्री साहले गरेको घोषणा अनुसार पटक पटक ग्यास सिलिन्डर तथा चुल्हो वितरण हुँदै आएको छ ।

परम्परागत तरिकाले दाउराले खाना पकाउँदा गृहिणीको स्वास्थमा प्रतिकुल असर पर्ने र समय समेत खेर जाने भएको ठहर सहित उनले क्षेत्रलाई धुवाँमुक्त बनाउने घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप