शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङमा निषेधाज्ञा थपियो

मङ्गलबार, ०८ असार २०७८, १३ : १५
मङ्गलबार, ०८ असार २०७८

दाङमा निषेधाज्ञा एक हप्ता थप भएको छ । कोरोना संकट व्यवस्थापन समिति डीसीएमसीको आज बसेको बैठकले असार १५ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । समयावधि थपिएसँगै निषेधाज्ञा केहि खुकुलो गराउँदै लैजाने निर्णय समेत भएको छ । बैठकले भोलिबाट सरकारी कार्यालय र बैंक बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोल्ने निर्णय समेत गरेको छ । त्यस्तै बजार बिहान ६ बजेदेखि २ बजेसम्म खोल्ने निर्णय भएको छ ।

नीजि सवारी साधनहरु जोर बिजोर प्रणालीअनुसार चल्ने र नचल्ने बारे स्थानीय प्रहरी प्रशासनले कुनै निर्णय गरेन । तर  सरकारी कार्यालय, बैंक र बजारका खुल्ने पसलहरु पनि स्वास्थ्य मापदण्डअनुसार सुचारु हुने गरि निषेधाज्ञा खुकुलो गर्ने निर्णय भएको प्रजिअ पौडेलले बताए ।

त्यस्तै होटल, पार्टी प्यालेस तथा रेष्टुरेण्टलाई प्याकिङ्ग गरेर मात्रै बिक्रि गर्ने गरि खोल्ने निर्णय गरेको छ ।  सार्वजनिक सवारी साधन भने अझै खुला गरिएको छैन । बैशाख १७ गतेबाट यहाँ निषेधाज्ञा जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप